धनगढी। सेती प्रादेशिक अस्पताल धनगढीले आइतबार पनि ओपिडी सेवा यथावत सञ्चालन हुने भएको छ। सेती प्रादेशिक अस्पतालले बुधबार एक सूचना जारी गर्दै आइतबार पनि ओपिडी सेवा यथावत दिने जनाएको हो।
Advertisement


सूचनामा भनिएको छ, ‘सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आईतबार हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा यस अस्पतालले विरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले ओपिडी सेवा स्थगन नगर्ने र सेवा यथावत रहने छ।’ अस्पतालले आन्तिरिक व्यवस्थापनबाट सेवाको प्रवन्ध मिलाएको जनाएको छ।उपचारका लागी आउने बिरामीलाई मध्येनजर राख्दै बहिरंग ओपिडी सेवा यथावत रहने सूचनामा छ।
Advertisement

Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु