धनगढी। गर्मी याममा हुनसक्ने फूड पोइजनबाट बच्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आम उपभोक्ता तथा उत्पादकहरुमा अनुरोध गरिएको छ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीद्धारा एक सुचना जारी गर्दै केही दिन यता बढ्दै गइरहेको गर्मीमा उपभोक्ता तथा उत्पादकहरुमा फूड पोइजनबाट बच्नका लागी अनुरोध गरिएको हो ।बिशेष ध्यान दिन अनुरोध गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिए।
स्वच्छताका हिसाबले बढी जोखिमयुक्त खाद्य पदार्थ आइसक्रिम, जुस, चिसो पेय पदार्थ, लस्सी, दही, मही, पानीपुरी, चटनी, सस, सादेको अचार, सलाद जस्ता खाद्य तथा पेय पदार्थ खरीद तथा उपभोग गर्दा निम्न कुरामा ध्यान दिन सम्पूर्ण उपभोक्ताहरुमा आग्रह गरिएको बताएका छन् । गर्मी याममा हुनसक्ने फूड पोइजनबाट बच्न यी कुरामा ध्यान दिउँ (खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी)

