धनगढी । कैलालीको बुढीतोलामा हाइस दुर्घटना भएको छ । दुर्घटना हुँदा १४ जना घाइते भएका छन । आइतबार साँझ डडेल्धुराबाट महेन्द्रनगर आउँदै गरेको बा २ ख ३२३३ नम्बरको हाईस दुर्घटना भएको हो ।
हाईस दुर्घटनामा चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका-१० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएका प्रहरीले बताएको छ।
त्यस्तै, कैलालीको चुरे गाउँपालिका-१ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का ३५ वर्षीय हिमाल आलेमगर, ४० वर्षीय किशोर खप्तडीमगर, ३५ वर्षीय प्रेमबहादुर तारामीमगर, ३४ वर्षीय हेमबहादुर विक, अछामको साँफेबगर नगरपालिका १० का ५० वर्षीय डम्मरबहादुर बडायक र पुर्चौडी नगरपालिका २ का ५२ वर्षीय चक्रबहादुर बम घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सह चालक सहित घाइते सबैको उद्वार गरि पदमा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।हाइस सडकबाट डेढ सय मिटर तल खसेको जनाएको छ । प्रहरीले चालकलाई मालाखेती इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखेको छ ।


