धनगढी। धनगढीको नवजिवन अस्पतालले उपचार सेवा थप प्रभाबकारी बनाउने क्रममा आइसियु तथा एनआइसियुको बेड संख्या बढाएको छ ।
बिगतमा ६ बेडको आइसियु तथा एनआइसियु सञ्चालन गर्दै आइरहेकोमा यो सेवा बिस्तार गर्दै अब १० बेडमा सो सेवा सञ्चालन लागीएको हो । नवजिवन अस्पतालका नर्सिङ मेट्रो नम्रता काफ्लेका अनुसार अस्पताल अब सय बेडमा जाने भएकाले आइसियु तथा एनआइसियु सेवा आज सोमबारबाट १० बेडमा सञ्चालनमा आउने छ ।
उनले भनिन्, आइसियु तथा एनआइसियुका लागी पर्याप्त रुपमा भेन्टिलेटर, मेसिन तथा उपकरण छन, नर्सिङ स्टाफहरु छन्, आफु पनी नर्सिङ स्टाफहरुलाई मैले हेर्ने गर्छु, र जटिल केश भएमा म आफै खटिन्छु, उनले भनिन् । उनले भनिन् सरकारी अस्पताल जस्तैको सेवा सुबिधा यहाँ दिरहका छौँ । हामीले मुख्य उदेश्य बिरामीले कम मुल्यमा दक्ष चिकित्सकबाट राम्रो स्वास्थ्य उपचार पाउन् र त्यो स्वास्थ्यलाभ लिन पाउन् भन्ने चाहाना छ ।
नर्सिङ मेट्रो काफ्ले भनिन् आफुले पनी धनगढीका बिभिन्न अस्पतालमा पनी काम गरिसकेको बताउँदै अन्य भन्दा यहाँ बिरामीले सस्तो, गुणस्तरीय सेवा पाउने बताईन् । उनले थपीन्, आइसियु बच्चाहरुका लागी स्वास प्रस्वासमा समस्या, निमोनिया, दम, ट्राफिट दुर्घटनामा परेका ब्यक्ती लगायत बिभिन्न समस्याले जिवनमरणको अवस्थामा पुगेकालाई आइसियु तथा एनआइसियुको आवस्यकता पर्ने गर्दछ ।

