धनगढी। प्रेस युनियन कैलालीले पत्रकार महिलाहरुलाई सेनेटर प्याड र मास्क वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै युनियनले पत्रकार महिलाहरुलाइ प्याड र मास्क वितरण गरेको जनाएको छ।
नेपाली काङ्ग्रेसकी नेत्री एवं ग्रामीण महिला बिकास तथा एकता केन्द्र (रुडुक) कैलालीको सहकार्यमा युनियनले प्याड र मास्क वितरण गरेको हो । नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य तथा धनगढी उप महानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्टको प्रमुख आतिथ्यतामा सेनेटरी प्याड र मास्क वितरण गरेको हो।महिलाहरुलाइ महिनावारी भएको बेला अनिवार्य सेनेटरी प्याड अति आवश्यक भएकोले आज एक कार्यक्रमको आयोजना गर्दै सो सामग्री महिला पत्रकारहरुलाइ वितरण गरेको प्रेस युनियन कैलालीका अध्यक्ष श्रावण देउवाले जानकारी दिए। प्याड र मास्क कृयाशिल पत्रकार महिला समूह कैलालीकि अध्यक्ष अमिता कुवरलाइ अध्यक्ष देउवा तथा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका हुन् ।