धनगढी । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले कपाल प्रत्यारोपण सेवा सुरु गरेको छ । २२ माघबाट अस्पतालले कपाल प्रत्यारोपण सेवा सुरु गरेको निसर्ग हस्पिटलले जनाएको छ ।
छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा.विपिन भट्टचन र छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा सह–प्राध्यापक डा.सुमित पाण्डेयको टोलीले कपाल प्रत्यारोपण सेवा सुचारु गरेको अस्पतालले जनाएको छ। कपाल ट्रान्सप्लान्टमा विशेष अफरमा कपाल झर्ने उपचार, कपाल प्रत्यारोपण,दाह्री र जुँगा प्रत्यारोपण,भौं प्रत्यारोपण,PRP (प्लेटलेट रिच प्लाज्मा) , SMP (Scalp Micropigmentation), LLLT (निम्न स्तर लेजर थेरापी) मेसोथेरापी गरीने जनाइएको छ। सुरुमा नाम दर्ता गर्न आउने ५ जनालाई बिशेष छुट ब्यवस्था गरिएको जनाइएको छ ।
के हो कपाल प्रत्यारोपण ? कुनै पनि व्यक्तिको कपाल नभएको स्थानमा कपाल रोप्नुलाई प्रत्यारोपण गर्नु बुझिन्छ । टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको अर्थात् गर्धनको कपाल उखेलेर रोप्नुलाई पनि कपाल प्रत्यारोपण हो । यस्तोमा गर्धनको कपाल जरासहित निकालेर एउटा–एउटा कपाल गरेर तालुमा रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्दछ । यसरी रोपिने कपाल उखेलेको ६ घण्टाभित्रै प्रत्यारोपण गरीसक्नु पर्छ अन्यथा कपालको कोष मर्दछ । कपाल रोपेको एक सातामा २० प्रतिशतसम्म कपाल आफैं झर्दछ । तर, यो कपाल पुनः पलाउँछ । प्रत्यारोपण गरेको तीन महिनामा रोपिएको कपालको मौलिक जरा बनिसक्छ । प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ । यो सामान्य कपालजस्तै बढ्छ र यसलाई सामान्य कपाल झै धुन, तेल लगाउन, कोर्न र काट्न समेत मिल्दछ ।
थप पढनुहोस…

