धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार ५५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११३ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा १९ जना संक्रमित विरामीको उपचार भइरहेको छ। ४ जना आइसियुमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै एक संक्रमितको मृत्यु भएको छ।


