धनगढी।धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षिय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । ६ गते अस्पतालमा भर्ना भई आइसीयूमा उपचाररत उनको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन।