धनगढी। धनगढीको माया मेट्रो अस्पतालले माघ १ गते (भोली) देखि मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको छ।
अस्पतालले २४ घण्टे मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्न लागेको जानकारी दिएको हो। अस्पतालले उक्त सेवा पूर्णकालीन रुपमा सुरु हुन लागेको जनाएको छ।
गंगालाल अस्पतालबाट मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी र वीर अस्पतालका डाक्टर हरि पौडेलले मुटु रोग सम्बन्धीका सेवाहरु प्रदान गर्नेछन्। यस्तै माघ २ गतेदेखि ६ गतेसम्म मुटु र न्यूरो सम्बन्धिको ओपिडी सेवा निशुल्क प्रदान गरिने छ।
यस्ता छन् मुटु र न्यूरो सम्बन्धि सेवामा : मुटु रोगका सेवामा छातिको माथिल्लो भाग दुखेको,स्वाँ स्वाँ हुने,मुटु दुखेको, हात खुट्टा सुन्निने, मुटुको रोग छ/छैन भनि पत्ता लाउन परेमा, मुटुको वाथ रोग भएका र भल्भको अप्रेशन गरेकाको फलो अपको लागी उक्त सेवा जनाइएको छ ।यस्तै हृदय घात भएका र हृदय घा जोखिम भएका (प्रेसर , सुगर , कोलेस्ट्रेल , बढ्दो उमेर , परिवारमा हृदय घात) भएकाहरुको चेकजाच वा परामर्श गरिन्छ। मुटुको ढुकढुकी बढेको र मुटुको चालको गडबढी भएको वा त्यसकोलागी अप्रेशन गरेको फलो अपकोको लागी। जन्मजात मुटुको रोग छ र छैन भनी पत्ता लाउन परेमा वा जन्मजात मुटुको रोगको लागि अप्रेशन गरेका को फलो अपको लागी। साइन्ट मुटुमा जाली हालेका को फलो अप को लागी ।पछि हुने सम्भावित मुटुको रोग बचावटको परामर्श लिन परेमा। मुटुको बाइपास अप्रेशन गरेका को फलो अपको लागी । पेसमेकर हालेका को फलो अपको लागी। कुनै पनि मुटुको समस्याको लागी गंगालाल र विर अस्पताल वा अन्य अस्पतालमा देखाईरहेका को फलो अप लगायत सम्पुर्ण मुटु रोग सम्बन्धि चेकजाच गरिन्छ ।
न्यूरो सर्जरी सेवामा: खटाउको तथा दिमाक मा चोट लागेको , टाउको मा रगत जमेको , ढाडमा चोट लागेको , बे«न ट्युमर , दिमागमा रगतको गुच्छा बनेको , घाटी तथा ढाडमा नशा च्यापिएको लगायत न्यूरो सम्वन्धि सम्पुर्ण सल्यक्रिया गरिन्छ। त्यसै गरि टाउको दुख्ने , हातखुट्टा मा कमजोरी, झमझम हुने , प्यारालाईसिस मृगि , छारेरोग , दिमाग मा पानि जमेको लगायत को उपचार तथा परामर्श गरिन्छ।