अछाम। अछाममा मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ।
साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान् शंकरमान बोहराले जानकारी दिनुभयो । धान कुटाउने क्रममा सल बेरिएर ज्यान गएको हो । जाडोका कारण सल ओढेर काम गरिरहेको बेला असावधानीवश घटना हुन गएको प्रहरीले जनाएको छ ।मृतक बोहराको शरीरका दुई भाग भएका छन् । उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् ।