धनगढी। धनगढी उपमहानगरपालीका २ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलिले धनगढी २ वैयावेहडीका २१ वर्षीय रमेश चौधरीलाई पक्राउ गरेको हो।
संयुक्त प्रहरी टोलिले शंका लागि चेकजाच गर्दा उनको साथबाट २ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।