धनगढी। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले बाढी तथा पहिरोबाट प्रभावितहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागमा भारी वर्षाका कारण हालै आएको बाढी तथा पहिरो बाट थुप्रै जनधनको क्षती भएको अवस्थामा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विपद प्रभावितहरुलाई निशुल्क चेकजाँच र वेड भर्ना निशुल्क गर्ने भएको हो।
निसर्ग हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रयास गरिएको अस्पतालका निर्देशक कुबेर बहादुर शाहीले जानकारी दिए । यस्तै अस्पतालका अध्यक्ष तिर्थ पन्तका अनुसार स्वास्थ्य चेकजाँच र वेड भर्नामा निशुल्क गर्नुका साथै अन्य उपचार र परिक्षणमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । विपदबाट प्रभावित भइ स्वास्थ्य उपचार गराउनुपर्ने बिरामीहरुका लागि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपलब्ध सेवाहरु सम्बन्धित पालिका वा वडा कार्यालयको सिफारिसको आधारमा सहुलियत प्रदान गरिएको छ।