धनगढी, कञ्चनपुरकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो।
भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो। भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले जानकारी दिए ।