धनगढी। बिहीबार सेती प्रयोगशाला परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८७ जनाको नमुना संकलन गरी कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै ७१ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल सेतीमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन । अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएकोमा थप एक जना बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा कुनै संक्रमितले ज्यान गुमाएका छैनन् ।