धनगढी। धनगढीमा रहेको कैलाली अस्पतालले एक जना वृद्धाको हिपजोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया गरेको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ४ की ९१ वर्षीया परु महराको सफल शल्यक्रिया गरेको हो। ३ महिना सम्म थला परेकी महराको यही साउन १९ गते धनगढीमा रहेको कैलाली अस्पताल कैलाली अस्पतालमा कार्यरत हाडजोर्नी तथा मेरुदण्डरोग बिशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशी लगायतको टिमले सफल शल्यक्रिया गरेको हो । महरा ३ महिना अगाडि भर्याङबाट लडेकी थिइन् । त्यसपछि उनको हिपजोर्नीमा समस्या देखिएपछि थला समेत परेकी थिइन् ।सोही समस्याका कारण उनी आफै हिँडड्ल गर्न नसक्ने अवस्थामा पुगेपछि महराका परिवारले कैलाली अस्पतालका चिकित्सकको समन्व्यमा धनगढी ल्याइएको हो ।
त्यसपछि महराको शल्यक्रिया धनगढी स्थीत कैलाली अस्पतालमा भएको हो। उनको उपचारका लागी उनी सँगै आएका नाती सुरेश महराले भने पहिला अप्रेसन हुन्छ कि हुँदैन भन्ने अलमलमा थियौँ, कैलाली अस्पतालमा कार्यरत डाक्टर ज्ञानेन्द्र जोशीको पहलमा अस्पतालमा ल्याएको र अहिले सफल अप्रेसन भएकोमा हिडडुल गर्न सक्ने अवस्थामा पुगेकी छिन् बजै उनले भने । न्युन शुल्कमा सफल शल्यक्रिया भयो खुसी लागेको भन्दै कार्यरत डाक्टर र अस्पताल परिवारलाई धन्यवाद ब्यक्त गरे । यस्तै तीन महिनासम्म अरुको सहारामा बसेकी महरा हिपजोर्नी प्रत्यारोपण भएपछि हिड्न सक्ने अवस्थामा पुगेको शल्यक्रियामा संलग्न डाक्टर ज्ञानेन्द्र जोशीले बताए।
बढ्दो अवस्था भएकाको हिपजोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया हुने र सफल शल्यक्रियापछि ब्यक्तीलाई आवतवाजत गर्न र दैनिक कृयाकलाप गर्न सजिलोपना हुने जानकारी दिए । यस्तै कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको शल्यक्रिया पहिलोपटक गरेको जनाएको छ । बढी उमेर समूहका व्यक्तिहरुको हिपजोर्नीको शल्यक्रिया सुदूरपश्चिमै हुन थालेपछि प्रदेश बाहिर जानुपर्ने बाध्यता हटेको छ ।