धनगढी। शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १२१ नमुना परिक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा २९ जना उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।
यस्तै अस्पतालको आइसियुमा ७ जना बिरामी र भेन्टिलेटरमा २ जनाको उपचाररत र ६ जनाको अक्सिजन सपोर्टरमा उपचार भैरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालीका ३ की ६५ बर्षिय महिला छन् । उनलाई साउन १७ गतेदखी आइसियुमा राखेर उपचार भैरहेकोमा आज बिहान मृत्यु भएको हो । भने डोटीको दिपायल शिलगढी १ का ३३ बर्षिय पुरुषलाई हिजो देखी भेन्लिेटरमा राखेर उपचार गरिएकामा आज बिहान मृत्यु भएको जनाइएको छ ।