धनगढी। सुदूरपश्चिममा मंगलबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न जिल्लाका ८ सय २० जनाको कोरोना परीक्षण गर्दा थप ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । सेती प्रादेशिक अस्पतालमा १ सय ९१ नमुना परीक्षण गर्दा २८ जनामा र महाकाली अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै डडेल्धुरा अस्पतालमा ६ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय जनाएको छ। मंगलबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशमा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

