अछाम। अछाममा बगेर १ जना बेपत्ता भएका छन् । जिल्लाको रामारोशन गाउँपालिकाको कैलाश खोलामा बगेर १ पुरुष बगेर बेपत्ता भएका हुन् । रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटीयाको अइरेनाका अन्दाजी ३५/३६ वर्षका चन्द्र साउँद बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय शान्तडाले जानकारी दिएको छ ।
इलाका प्रहरीका कार्यालय शान्तडाका प्रहरी जवान समीर विष्टका अनुसार बाटोमा हिँड्दै गरेको अवस्थामा तिँ पुरुष सोमबार आज साँझ साढे ४ बजे खालबजार नजिकै रहेको खोलामा बगेका हुन् । बगेर बेपत्ता भएका साउँदको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । उनी मानसिक रोगी रहेको बुझिएको छ ।