कविताः नतमस्तक मान्छे ऊ
जीवनलाई बन्धकी राखेर
घनघोर बिरासतको पुलिन्दा
त्यागेर अबिचलित यात्री ऊ
शैशवकालिन स्मरणमा
टोलाइरहने साँझहरूमा बल्झन
गृहस्थ आश्रमको मझेरीनिर
खवरपातको नशामा मदहोसले
गड्डीनिर श्यामलको श्रीपेच
बाल मतलव छैन दुनियाँसित
रंगिन संसारको क्यानभासबाट अलग
चिचिपापाको दौडाहामा
बिरलै चम्काउने नतमस्तक मान्छे ऊ।
हठात वाककटुताको चपेटामा
रंगहीन भएर बाँचेको
पिडाहरूको द्दोतक ऊ
दोसाँधमा बेस्सरी पिल्सिएको
नामेट जुनीको भोगी ऊ
ओकेल्न असम्भव पथ
जुग बिताइरहेको सामान्य मनुवा ऊ
आकांक्षाको शुन्यता
नाटक मन्चन गरिरहेछ
बोली फुटाउन असमर्थ
भाग्यको खेलमा बिश्वास
बाचाको अटल मानवतनले भरिपूर्ण शान्ति पूजारी नतमस्तक मान्छे ऊ१
कोदालीको भरमा
नुतन फलाक्ने ऊ
गाडी घोडाबाट बन्चित
भातृत्वको प्यालामा किन्चित नथाक्ने प्यासरोक्ने बाहुबली
कर्मठ आधुनिकताले प्रभावित
भलाद्मीपनको अमिर
काँधको भारी बोकिरहने
नुनको सोझो गालीको बोको
बिनाकारण मरिरहेछ छाकको लागि
ऊ माथि निर्भर त्यो झुण्ड
पेटपालो खेल खेलिरहेको
अनिर्णित नतमस्तक मान्छे ऊ।
कोइलासरि जलिरहेछ
निखारताको नाममा अल्झन
पथप्यारो पराजित बाटो हिँडाइएको
असली मनुवा
आशा मारेर नविन भरेको लागि
कुन्दन जप्दै
माटोको टीका थपिरहने
कार्गिलको युद्धमा मारिए जस्तै
धुँजा धुँजा पारिएको
पहिचान गुमेको योद्दा
लागिरहेछ धन्दामा
फसेको अभिवाचित
धुर्तको बन्धक नतमस्तक मान्छे ऊ!
रचनाकारः मान बहादुर जोरा
उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस।