धनगढी। सर्वाङ्गिण अपांगता बिकास समाज नेपालद्धारा कैलालीको बर्दगोरीयाका अतिअशक्त अपांगतालाई घर दैलोमै सहायक सामाग्री वितरण गरिएको छ । सर्वाङिण अपांगता बिकास समाज नेपालले सुदूरपश्चिम प्रदेश सरकार ,सामाजिक बिकाश मन्त्रालय , सामाजिक बिकास महाशाखा धनगढीको आर्थिक सहयोगमा कैलालीको बर्द्गोरिया गाउँपालिकामा रहेका अति आवस्यक भएका र अति अशक्त अपांगता भएकालाई घर दैलोमै व्हिल्चियर,सेतो छडी,बिशेष प्रकारको लठ्ठी,बैशाखी लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सर्वाङीण अपांगता बिकास समाज नेपालका प्रबन्ध निर्देशक नन्दराज भट्टनै घर दैलोमै गइ अपांगता नागरिकलाई १६ थान व्हिल्चियर , १० थान सेतो छडी, १० थान बिशेष प्रकारको लठ्ठी र १० जोडी बैशाखी सहित ४६ जनालाई सहायक सामग्री हस्तान्तरण गरेका हुन ।
उक्त सामान वितरण कार्यक्रममा वडा अध्यक्ष, जन प्रतिनिधि र कार्यक्रम जिल्ला अधिकृत ईन्द्र बहादुर पालीले गरेका थिए । सामग्री बुझेपछि अपांगता अभिभावकले हार्दिक धन्यवाद ज्ञापन सहित स्वागत गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुले सहायक सामग्री व्हिल्चियर, बैशाखिको ठुलो अभाव रहेको र सामाजिक बिकास मन्त्रालयले सहायक सामग्री अपांगता सस्था मार्फत हस्तान्तरण भएकोमा अपांगता नागरिकको आवागमनमा सहज भएको अति अशक्त अपांगता भएका ब्यक्ती कृत सिह साउदले भने । व्हिल्चियर पाएपछी साउदले भने, म जस्ता अति असक्त अपाङगता भएकालाई अब सजिलो हुने भएको छ ।
यस्तै अर्का देब सिंह ठकुरी भन्छन, प्याराल्याईसिस भइ घर भित्र नै दिशा पिशाब गर्न बाध्य थिए अब कमसेकम सहयोगिको सहयोग लियर शौचालयमा त शौच गर्न पाईने भयो। उनी बिगत २ बर्ष देखि सहायक सामग्री नपाएर घरमा भित्र नै ओछ्यानमा नै सुत्न बाध्य भएका थिए। वास्तविक अपांगताको समस्या मध्यनजर राख्दै अपांगता सस्था र सामाजिक बिकास मन्त्रालयले गरेको सहयोगको हामी सबैले सम्मान गर्नुपर्ने नागरिक अगुवा सर्प सिंह कामीले भनेका छन्।