धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार सेती अस्पतालको प्रयोगशालामा ८४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
जसमध्ये २ जना भेन्टिलेटर, ५ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोना जितेर घर फर्किएका छन भने ३ जना थप नयाँ बिरामी अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।