धनगढी।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शनिबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको ९७ जनाको नमुना परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको र ८४ जनामा कोरोना संक्रमण नेगेटिभ देखीएको सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १५ जना कोरोना संक्रमित बिरामी उपचाररत छन् । ५ जना आइसियुमा र २ जना भेन्टीलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् भने थप ५ जना नयाँ संक्रमित भर्ना भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।