धनगढी। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४० जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शुक्रबार प्रदेशभरमा १०५८ नमुना परीक्षण गरिएकोमा जसमध्ये ४० जनामा संक्रमण पुस्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ जनाको नमूना परीक्षण गर्दा १४ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा १ जना र महाकाली अस्पताल प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना भाइरस संक्रमितका कारण शून्य जनाको मृत्यु भएको छ। यस्तै १०३ जना संक्रमित निको भई घर फर्किएका छन्। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५८ हजार ८८७ नमुना परीक्षण गर्दा ४३ हजार ४४२ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।