धनगढी। सेती अस्पतालबाट पछिल्लो २४ घण्टामा ५ जना निको भइ घर गएका छन् । थप २ जना कोरोना संक्रमितका बिरामी अस्पतालमा भर्ना भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कोरोना परिक्षणका लागी स्वाब संकलन तथा परिक्षण नभएको जानकारी गराए ।
यस्तै सेती अस्पतालमा हाल १८ जना कोरोना संक्रमित उपचाररत छन् । आइसियुमा ४ जना र भेन्टीलेटरमा २ जना उपचाररत छन् । भने पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना सँक्रमतिको मृत्यु नभएको जानकारी दिएका छन् । हालसम्म सेती अस्पतालबाट निको भई घर फर्केका र होम आइशोलेसनमा १०३६ जना रहेका छन् ।