कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–७ निवासी ३४ वर्षीय मनोज राज भट्ट रहेका छन्। भीमदत्त नगरपालिका–४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट शनिबार बेलुकी भट्टलाई ३ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


