धनगढी । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा सुदूरपश्चिम भूगोलअन्तर्गत युवा समूहबाट इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन् । यस पदमा प्रतिस्पर्धा गरेका डडेलधुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी भने पराजित भएका छन् ।
निर्वाचनको अन्तिम मत परिणामअनुसार भट्टले सर्वाधिक ३ हजार ५२९ मत प्राप्त गरी केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी मेयर जोशीले ७४० मत मात्रै प्राप्त गरे । त्यस्तै, उक्त पदका अन्य उम्मेदवारहरूमध्ये योगेन्द्र रावलले ८९८, सन्तोष खड्काले ८१८ र धिरज शाहीले ६६० मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम भूगोलबाट युवा समूहअन्तर्गत केन्द्रीय सदस्य पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा थिए । यस प्रतिस्पर्धामा कुल ६ हजार ८७३ मत खसेको थियो ।


