बैतडी: हजारौँ श्रद्धालुको भीड, परम्परागत पूजाआराधना र बलिसहित बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको जात्रा सम्पन्न भएको छ। दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँस्थित मन्दिरमा महाष्टमीका दिन ३४६ राँगा र २५० भन्दा बढी बोकाको बलि दिइएको छ।
घटस्थापनादेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा महासप्तमीदेखि जात्रा सुरु भएको थियो। महाष्टमीका दिन बलि दिएसँगै जात्रा सम्पन्न भएको हो। निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन बलि दिने परम्परा छ।


