धनगढी । कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिरा सिंह महराले चन्द सडक भन्दा केही भित्र पट्टी घोप्टो परेको अवस्थामा मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

