धनगढी: नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखा नक्सालले आज सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत समावेशी प्रावधानअनुसार पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्से ८३, हजाम १५ र कुचीकार २५ जना गरी कुल १२३ पदमा भर्ना खुलाइएको छ ।
दुवै पदका लागि १२ असोजदेखि १० कात्तिकसम्म दरखास्त दिन सकिनेछ । प्रहरी सहायक निरीक्षकका लागि अनलाइन माध्यमबाट आवेदन लिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि कार्यालय समयभित्र सम्बन्धित स्थानमा उपस्थित भई आवेदन दर्ता गर्नुपर्नेछ ।

