धनगढी । नेपाली सेनाको जिम्मा दिएको धनगढीको होल्डिङ सेन्टरबाट गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शय्या सार्न सुरु गरिएको छ । मंगलबार धनगढी उपमहानगरको टिप्पर मार्फत विश्वविद्यालयको शिक्षण अस्पतालमा शय्या सार्न सुरु गरिएको हो । शय्या सार्नको लागि धनगढी उपमहानगरपालिकाले १० वटा टिप्पर सहयोग गरेको जनाएको छ । मंगलबार साँझ देखि शय्या सार्ने काम धनमाधम चलिरहेको छ ।
होल्डिङ सेन्टरबाट विश्वविद्यालयमा पाँच सय शय्या ओसार्ने विश्वविद्यालयले जानकारी दिएको छ । योसँगै विश्वविद्यालयमा आठ सयभन्दा बढी शय्याको उपलब्धता हुनेछ ।

