धनगढी। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशबाट देशको गौरव बढाउने ओलम्पियन खेलाडीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई स्वागत तथा सम्मान गरिएको थियो।
परिषद्का अनुसार खेलाडीहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रति ओलम्पियन खेलागी लाई नगद ७० हजार सहित सम्मान गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्काका सदस्य सचिव लाल बहादुर खड्का रविले जानकार दिए । उनले भुगोल र दुरीका हिसावले सुदूरपश्चिम प्रदेश निकै टाढा भएपनि यो प्रदेश र देश लाई चिनाउँने काममा सुदूरपश्चिमका खेलागी पहिलो नम्बरमा रहेको बताए ।
आर्थिक र भौतिक पुर्वाधारका हिसावले सुदुरपश्चि लाई राज्यले हेला गरेपनि खेल क्षेत्रमा यस प्रदेशको भुमिका महत्वपुर्ण रहेको बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशबाट देशको गौरव बढाउने ओलम्पियन बिष्णुबहादुर सिंह बक्सिङ, इन्द्र दत्त बडु बक्सिङ, दीपक विष्ट तेक्वान्दो, स्वर्गीय भरतबहादुर साउद भारोत्तोलन, गौरीका सिंह ९स्विमिङ, सरस्वती भट्टराई एथलेटिक्स, बिनिशा रावल तेक्वान्दो, पिन्टु महरा राज्यलक्ष्मी मार्सल आर्ट, विक्रमबहादुर राना एथलेटिक्स र भरतसिंह महता पारा तेक्वान्दो लाई नगद सहित सम्मान गरेको हो ।


सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यस्ता कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै प्रदेशमा खेलकुदको विकास र नयाँ प्रतिभा उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। सम्मान कार्यक्रमका प्रमुख अतिर्थ सुदूरपचिम प्रदशेका सामाजिक विकास मन्त्री बेल बहादुर रानाले सुदूरपश्चिम प्रदेश र नेपाललाई सबैभन्दा बढी सुदूरपश्चिमका खेलाडीले चिनाएको दावी गरे उनले तर विडम्बना सबै प्रदेशको तुलनामा खेलकुदमा प्रदेश सरकारको न्यून बजेट रहेको र आगामी दिनमा यसलाई समायोजन गर्ने प्रयास गर्ने बताए । मन्त्री रानाले प्रदेशमा खेल क्षेत्र र खेलागीको हक अधिकारका लागी आफुले सकेको प्रयास गर्ने दावी गरे ।


