धनगढी । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।
उनको खोजीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल पन्तको शव फेला परेको प्रहरीले जनाएको छ।

