धनगढी: कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका-१ की ३५ वर्षीया सिन्की बोहराको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ९५६ नम्बरको बसले किचेको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार घटनापछि बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई नियन्त्रणमा लिइएको छ । बससमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएको छ ।

