धनगढी । सुन्दर सुदूरपश्चिम यातायात प्रा।लि।ले यसअघि धनगढीदेखि बिराटनगर सम्मको बस सेवालाई सेवा स्तोरन्न्ति गर्दै आजदेखि धनगढी–विराटनगर रुटमा समेत स्तरीय VIP SOFA AC बस सेवा शुभारम्भ गरेको छ। सेवाको पुराना यातायात ब्यबसायी गिरि प्रसाद श्रेष्ठले उदघाटन गरेका छन । श्रेष्ठ प्रालिका क्षेत्रीय उपाध्यक्ष समेत हुन ।
यात्रुको सहजता, सुविधा र आरामलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको प्रालिले जनाएको छ। नयाँ रुटमा सञ्चालन हुने बसमार्फत यात्रुले आरामदायी, सुरक्षित र स्तरीय यात्रा सेवा पाउने अपेक्षा गरिएको छ।
सुन्दर सुदूरपश्चिम यातायात प्रा।लि।का अध्यक्ष पदमराज सापकोटाले यात्रुको माग र आवश्यकतालाई मध्यनजर गर्दै धनगढी–विराटनगर रुटमा सेवा विस्तार गरिएको बताए।
बिगत २८ बर्षदेखि नियमित सेवा दिदै आएको यो रुटमा सेवालाई थप व्यवस्थित गर्दै आजदेखि धनगढी–विराटनगर VIP SOFA AC सेवा समेत शुभारम्भ गरेको बताउदै अध्यक्ष सापकोटाले यात्रुलाई सुरक्षित, आरामदायी र गुणस्तरीय सेवा दिनु प्रालिको मुख्य उद्देश्य रहेको बताए ।
प्रालिका अनुसार धनगढीबाट बिहान ११ .३० बजे बस छुट्नेछ भने विराटनगरबाट दिउँसो १२.०० बजे धनगढीका लागि बस प्रस्थान गर्नेछ भने एकतर्फि भाडादर ४ हजार १०२ रुपैया कायम गरिएको प्रालिले जानकारी दिएको छ ।
प्रालिले आफ्नो सेवा र प्रतिबद्धतालाई “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नारासहित अघि बढाउदै आएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, कार्यसमिति सदस्य तथा मजदुरहरूको सहभागिता रहेको थियो। नयाँ सेवाले सुदूरपश्चिम र पूर्वी नेपालबीचको यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ। बस सेवा शुभारम्भ कार्यक्रममा प्रालिका पदाधिकारी, ब्यबसायी र कर्मचारीहरुको उपस्थिति रहेको थियो

