धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीकाे प्रथम अधिवेशनकाे निर्वाचन प्रकृया सभापतिका दुई उम्मेद्वारले बहिष्कार गरेका छन ।
शनिवार दिउसाे धनगढीकाे ओमप्यालेसमा जारी अधिवेशनका क्रममा मतदाता नामावलीमा धाँदली गरेकाे र निर्वाचन समिति नै अबैध भएकाे भन्दै सभापतिका उम्मेदेवार हरी रेग्मी र महेश चाैधरीले बहिस्कार गरेका हुन । सभापतिमा रेग्मी, चाैधरी संगै अर्का कबिन्द्र ठकुल्ला उा्मेद्वार रहेका थिए ।
दुबै जना सभापतिका उम्मेद्वारले मतदाता नामावली सच्याउनु पर्ने र निर्वाचन समिति बैधानीक तरिकाले गठन गर्नुपर्ने अन्यथा प्रकृयामा सहभागी नहुने जनाएका छन । अधिवेशन जारी रहेपनि सभापतिका उम्मेद्वार रेग्मी र चाैधरी भने बहिस्कार गरेर अधिवेशन स्थलबाट बाहिरिएका छन ।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथि रहेका थिए । अधिवेशन उद्घाटन समाराेहमा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कमल ज्ञवाली, क्षेत्र नं. २ का सांसद
(केपी) खनाल, क्षेत्र नं. ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का सांसद खेमराज कोइराला, क्षेत्र
नं. ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद
करिश्मा कठरियाको उपस्थिति रहेकाे थियाे ।


