काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी अमेरिका र इजरायल–इरान द्वन्द्वका कारण हालसम्म नेपालमा २८ उडान अवरुद्ध भएको छ । शनिबार ९ फागुन १६० एकैदिन १८ उडान अवरुद्ध भएको थियो । आइतबार दिउँसो १२ः२० बजेसम्म थप १० गरी २८ उडान प्रभावित भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण ९क्यान०ले जनाएको छ ।
शनिबार विभिन्न एयरलाइन्सका गरी १८ उडान रोकिँदा करिब तीन हजार यात्रु प्रभावित भएका क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार, नेपाल वायुसेवा निगमका तीन उडान ९काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई० प्रभावित भए । यी तीन उडानका निम्ति करिब ५०० यात्रु थिए । यस्तै, कतार एयरवेजका चार उडान प्रभावित हुँदा करिब ८०० यात्रु प्रभावित भएका छन् ।
फ्लाई दुबईका चार उडान रोकिँदा करिब ६०० यात्रु प्रभावित भए । एयर अरेबियाका शारजाहका निम्ति निर्धारित दुई उडान प्रभावित हुँदा करिब ३०० यात्रु समस्यामा परेका छन् ।
हिमालय एयरलाइन्सका दमाम, दोहा र दुबई गन्तव्यका तीन उडान प्रभावित हुँदा करिब ५०० यात्रु प्रभावित भएका भुलले जानकारी दिए । कुवेत एयरवेजका दुई उडान स्थगन हुँदा करिब ३०० यात्रु प्रभावित भएका छन् ।
क्यान सूचना अधिकारी भुलका अनुसार, मध्यपूर्व क्षेत्रमा लागु गरिएको हवाईमार्ग प्रतिबन्धका कारण आइतबार दिउँसो १२ः२० बजेसम्म विभिन्न एयरलाइन्सका गरी थप १० उडान प्रभावित हुँदा करिब एक हजार ६०० यात्रु समस्यामा परेका छन् । क्यानको विवरणानुसार, जजिरा एयरवेजका दुई उडान रोकिँदा करिब २५० यात्रु प्रभावित भएका छन् ।
एयर अरेबियाका शारजाहबाट आउने र जाने दुई उडान प्रभावित हुँदा करिब ३०० यात्रु समस्यामा परेका छन् । एयर अरेबियाका अबुधाबीबाट आउने र जाने दुई उडान रोकिँदा करिब २८० यात्रु प्रभावित भएका जनाइएको छ ।
कतार एयरवेजका दोहाबाट आउने र जाने दुई उडान प्रभावित हुँदा करिब ४५० यात्रु समस्यामा परेका छन् । फ्लाई दुबईका दुबईबाट आउने र जाने दुई उडान रोकिँदा करिब ३२० यात्रु प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।
भुलका अनुसार, क्षेत्रीय सुरक्षा अवस्था र हवाईमार्गमा देखिएको जोखिमका कारण उडान तालिकामा असर परेको हो । प्रभावित यात्रुलाई सम्बन्धित विमान कम्पनीले व्यवस्थापन र उडानको जानकारी दिने कार्य भइरहेको कार्यालयले जनाएको छ ।


