काठमाडौँ — तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।
आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने पनि भनिएको थियो ।

यसअघि पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा भइसकेको छ ।

