धनगढी: धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृपबहादुर वड किड्नीमा पत्थरीको समस्या देखिएपछि धनगढीस्थित सारथी अस्पतालमा भर्ना भएका छन्। पारिवारिक स्रोतका अनुसार आज बिहान करिब २ बजे अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल सारथी अस्पताल पुर्याइएको थियो। हाल उनी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा रहेर आवश्यक परीक्षण तथा उपचार गराइरहेका छन्।
अस्पताल स्रोतका अनुसार वडको स्वास्थ्य अवस्थाको नियमित अनुगमन भइरहेको छ भने आवश्यक उपचार प्रक्रिया अघि बढाइएको छ। चिकित्सकहरूले थप मूल्याङ्कनसमेत गरिरहेका छन्।

