धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका १, बौनियास्थित राजधानी सेकुवा एण्ड मस्म सेन्टर मा कार्यरत १७ वर्षीया याचना सेजवालको शनिबार बिहान रेस्टुरेन्टमै चक्कु प्रहार गरेर हत्या गरिएको छ। प्रहरीका अनुसार, हत्या आरोपमा किचेनमा कार्यरत ३३ वर्षीय नृप साउदलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धमा आएको मतभेदका कारण हत्या भएको खुलेको छ।
१६ दिनअघि मात्रै सो रेस्टुरेन्टमा काम गर्न थालेकी याचना साउदसँग नजिकिएकी थिइन्। केही समयअघि डिभोर्स गरेका साउद तनावमा थिए भने याचनासँगको सम्बन्धले उनलाई नयाँ जीवनको आशा दिलाएको प्रहरी स्रोत बताउँछ।
शुरुमा मैत्रीपूर्ण सम्बन्ध रहेको उनीहरूको सम्पर्क पछिल्लो समय प्रेम सम्बन्धमा परिणत भएको थियो। तर पछिल्ला दिनमा याचनाले अन्य केटासँग भिडियो कल र च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेका थिए।
शुक्रबार राति दुवै जना सँगै भाग्ने सहमतिमा पुगेका थिए तर अन्तिम समयमा याचना पछि हटेपछि साउद आक्रोशित बनेका थिए। शनिबार बिहान करिब १० बजे, कामकै समयमा रेस्टुरेन्टमै उनले याचनामाथि धारिलो हतियार प्रयोग गरेका थिए।
गम्भीर घाइते भएकी याचनालाई निसर्ग अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने मृतक याचनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।कैलालीमा १७ वर्षीया किशोरीको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएकी याचनाको शनिबार धनगढीस्थित निसर्ग अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।
निरजलाई प्रहरीले शनिबार नै पक्राउ गरी सोधपुछ र प्रारम्भिक अनुसन्धान गरिरहेको छ । आज म्याद थप गरी बाँकी अनुसन्धान अगाडि बढाउने तयारी छ।
डिएसपी सिंहका अनुसार दुई जनाबीच १० र १५ दिन अघि मात्रै भेट भए पनि आफूहरू प्रेममा रहेको भनेर निरजले बयान दिएका छन्। निरजका दुई छोरी छन्। श्रीमतीसँग कानुनी रूपमा सम्बन्धबिच्छेद भइसकेको उनले बताएका छन्।
होटलमा काम गर्दा छोटो समयमै नजिकिएका उनीहरूबीच प्रेम र चाँडै विवाह गर्ने सहमति भएको भनेर निरजले प्रहरीसमक्ष प्रारम्भिक बयानमा भनेका छन्। प्रहरीका अनुसार आफ्नो दुइटी छोरी रहेको र श्रीमतीसँग पारपाचुके भइकेको कुरा पनि निरजले याचनासँग भनेका थिए। वेटरको काम गरे पनि याचना बेलाबेला निरजलाई भान्साको काम पनि सघाउने गर्थिन्।
सोही क्रममा शनिबार बिहान भान्सा कोठामै उनीहरूबीच सामान्य विवाद भएको डिएसपी सिंहले बताए। बिबाह गर्ने निर्क्योल भइसक्दा पनि उनी फोनमा अरू व्यक्तिहरूसँग बोल्ने गरेको विषयमा विवाद भएको थियो,ु निरजको भनाइ उद्धृत गर्दै डिएसपी सिंहले भने।
ुनिरजले त्यसो नगर्नू भनेपछि याचनाले कुरा पनि गर्न हुँदैन भन्ने जबाफ दिएकी थिइन्। त्यसपछि निरजले किचनमै भएको चक्कुले एक्कासि उनीमाथि प्रहार बयान दिएका छन्,ु डिएसपी सिंहले भने। चक्कु प्रहार हुँदा भान्सा कोठामा निरज र याचना मात्रै थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


