अत्तरिया । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ कलुवापुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० कञ्चनपुरले बिहीबार विद्यालयमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो ।
एनएनएसडब्ल्यूए र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित किशोरी समृद्धि सम्बन्धी बिफोरजी ९बेसिक फर गर्ल० परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरिएको परियोजना संयोजक रामेश्वर जैरुले बताए । उनले किशोरीहरूको सुरक्षा, सम्मान र स्वास्थ्य प्रवर्धनका लागि महिनावारी स्वच्छता र महिनावारीलाई मर्यादित बनाउने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको बताए । उनका अनुसार विद्यालयका बाल क्लबका सदस्यहरूलाई सहभागी गराएर सांस्कृतिक कार्यक्रम र वृक्षारोपणका साथै चित्रकला, हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम मार्फत छाउपडी प्रथा अन्त्यका लागि सन्देश दिन खोजिएको उनले बताए । उनले कार्यक्रमहरू अत्यन्तै सफल भएको बताए । उनले विद्यालयस्तरदेखी नै बालबालिकाहरूलाई महिनावारीको स्वच्छताका बारेमा जानकारी दिन सके महिनावारीलाई अन्धविश्वासका रूपमा मान्ने परिपाटी अन्त्य हुने समेत बताए ।
विद्यालयमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ४ वटा हाउसहरू प्रतिस्पर्धी थिए । उनीहरूमध्ये सबैभन्दा बढी ७ अंक ल्याएर ग्रिन हाउस प्रथम भएको थियो भने ६ अंक ल्याएर रेड हाउस द्धितिय भएको थियो । यस्तै ४ अंक ल्याउने ब्लु हाउस तृतीय हुँदा १ अंक ल्याएको ह्वाईट हाउस सान्त्वना भयो । प्रथम भएको ग्रिन हाउसका प्रत्येक सहभागीहरूलाई झोला वितरण गरिएको थियो भने द्धितिय भएको रेड हाउसका सहभागीहरूलाई ६÷६ वटा कापी दिइएको थियो । यस्तै तृतीय स्थान हासिल गरेको ब्लु हाउसका सहभागीहरूलाई पनि २र२ वटा कापी वितरण गरिएको थियो ।
यसै गरी विद्यालयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार दिइएको थियो । महिनावारी स्वच्छता हाम्रो प्रतिबद्धता शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा ९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमा कक्षा १२ की छात्रा अनिता राना १४।६७ अंक ल्याएर प्रथम भइन । उनले झोला पुरस्कार पाएकी थिइन । यस्तै कक्षा ९ का छात्र भक्तराज ओझा १३ अंक ल्याएर द्धितिय भएका थिए भने सोही कक्षाकी छात्रा हेमा महरा १२।४३ अंक ल्याएर तृतीय भइन । उनीहरूलाई पनि आकर्षक पुरस्कार दिइएको थियो ।


