काठमाण्डौं । यातायात मजदुरहरुले एकै दिन ४ सय ६९ पिन्ट रक्तदान गरेकाछन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औँ स्थापना दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबैभन्दा बढी कोशी प्रदेशको चार स्थानमा रक्तदान गरेर २ सय ६ पिन्ट, दोस्रोमा लुम्बिनी प्रदेशमा ७३ पिन्ट, बागमती प्रदेशमा ७० पिन्ट, गण्डकी प्रदेशमा ६० पिन्ट र सुदूरपश्चिम प्रदेशमा ६० पिन्ट रक्तदान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो ।
संगठन कोशी प्रदेश अन्तर्गत धरान उपमहानगर कमिटीले धरान ८५ पिन्ट, विराटनगर महानगर कमिटीले २९ पिन्ट, मेची राजमार्ग ट्रक इकाई र विर्तामोड नगर कमिटीबाट ५८ पिन्ट र इटहरी उपमहानगर कमिटीको तर्फबाट ३४ पिन्ट रक्तदान गरिएको हो । संगठन लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश कमिटीको तर्फबाट ५५ पिन्ट र दाङ जिल्ला कमिटीले १८ पिन्ट रक्तदान गरेको छ । संगठन बागमती प्रदेश कमिटीको तर्फबाट ४६ पिन्ट, दोलखा जिल्ला कमिटीबाट २४ पिन्ट रक्तदान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश कमिटीले ६० पिन्ट रक्तदान गरेको छ भने सुदूरपश्चिम प्रदेश कमिटी अन्तर्गत टेंकर इकाई कमिटीबाट २७ पिन्ट, धनगढी बस इकाई कमिटीबाट १५ पिन्ट र कन्चनपुर जिल्ला कमिटीको तर्फबाट १२ पिन्ट रक्तदान गरिएको हो ।
२०३६ साल असार ९ गते स्थापना भएको संगठनको ४६ औँ स्थापना दिवस दिवसलाई लक्षित गर्दै संगठन केन्द्रीय कमिटीले देशव्यापी सप्ताहव्यापी कार्यक्रम तय गरेको अध्यक्ष राईले बताउनुभयो । कार्यक्रम अन्तर्गत बसपार्क सरसफाई, रक्तदान, सडक सुरक्षा सचेतना कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, राहत सहयोग हस्तान्तरण, खाद्यान्न वितरण, सम्मान लगायतका कार्यक्रम गरेको हो । जस अन्तर्गत कन्चनपुर जिल्ला कमिटीले रक्तदानसंगै चालकहरुको निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो उक्त शिविरमा ३ सय चालकहरुको आँखा चेकजाँचसंगै निशुल्क चस्मा वितरण गरिएको थियो ।
बागमती प्रदेशले वक्तित्वकला प्रतियोगीता सम्पन्न गरेको छ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इतिहास र भावि कार्ययोजना विषयमा प्रदेशका १७ जनाको सहभागीता रहेको थियो प्रतियोगितामा एयरपोर्ट ट्याक्सी इकाईका सचिव कमल पोखरेल प्रथम, ललितपुर जिल्ला अध्यक्ष विनोद बुढाथोकी दोस्रो र सिनामंगल सफा टेम्पो इकाई अध्यक्ष ओमलाल पन्थी तेस्रो हुनुभएको छ । वहाँहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै कोटेश्वर चोकदेखि भाटभटेनीसम्म बुकिङ मजदुरहरुले सरसफाइ गरेका थिए । त्यस्तै संगठन सिनामंगल सफा टेम्पो इकाईको अगुवाईमा सिनामंगल टेम्पो पार्कमा, संगठन काठमाण्डौं जिल्ला सफा टेम्पो कमिटीले सुनधारा आसपासमा सरसफाइ गरेका थिए ।
त्यस्तै संगठन बुढानिलकण्ठ इकाई कमिटीले बसपार्कमा सरसफाइ गरिएको थियो आइतबार नै संगठन दाङ जिल्ला कमिटीले रक्तदान सहित स्वास्थ्य परिक्षण र बसपार्क सरसफाइ गरेका छन् । संगठन लुम्बिनी प्रदेश कमिटीले रक्तदान सहित सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा रक्तदान, सडक सुरक्षा सचेतना र स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कन्चनपुर जिल्ला कसमटीले महेन्द्रनगर बसपार्कमा मजदुरहरुलाई राहत वितरण र बसपार्क सरसफाइ गरेको छ । त्यस्तै संगठन कोशी प्रदेश कमिटीले संगठन स्थापना स्थल पानीपियामा रहेको स्तम्भ सरसफाइ गरेको छ भने कोशी प्रदेशकै मेचीनगर कमिटीले बसपार्क सरसफाइ गरेको छ ।
बागमती प्रदेश कमिटीले संगठनका विरामी सदस्य राजन कार्की र सुमित्रा गुरुङलाई आर्थिक राहत प्रदान गरेको छ । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा यातायात मजदुरहरुको हक, हित र अधिकारका लागि अग्रजहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निर्माण गरेको थियो । संगठन स्थापना भएको दिनलाई प्रत्येक वर्ष संगठनले विशेष दिनका रुपमा मनाउँदै आइरहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।