धनगढी: कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारालामा तामाङले सुदूरपश्चिममा प्रादेशिक रङ्गशाला बनाउनका लागी अध्ययन थाल्न सरकार सँग माग गरेका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद तामाङले प्रादेशिक रङ्गशाला बनाउन पुनर्वासमा ७४ बिघा जमिन रहेकाले जसका लागी अध्ययन गरिनुपर्ने माग राखेका हुन् ।
अध्ययनका लागी प्रस्ताव गर्न, निश्चित बजेट विनियोजन गर्न सांसद तामाङले सरकार सँग मागगरेका छन् । खेलकुदलाई सम्मान गर्न सरकारले विगतका भन्दा आगामी वर्षमा दोब्बरले बजेट विनियोजन गरेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा रङ्गशाला बनाउनका लागि अध्ययन थाल्न उनले माग गरेका छन् ।
आगामी वर्षका लागी उपयोगी हुने गरी बजेट विनियोजन गरिएको उनले बताए । प्रतिनिधि सभामा बोल्दै सांसद तामाङले सीमा नाका भएर मित्र राष्ट्र भारतबाट लागू औषध भित्रिने गरेकोले गृह मन्त्रालयलाई यसको न्यूनीकरणमा लाग्न आग्रह गरे
एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हुनुपर्ने १५ श्यैयाको अस्पताल, सघन सहरी विकास कार्यक्रमहरूलाई बस्ती विकास कार्यक्रम अनुसार राखिएकाले ती कार्यक्रमहरूलाई शीर्षक अनुसार राख्न पनि उनले आग्रह गरे ।