धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतसँग जोडिएको गौरीफन्टा नाकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
भारतबाट फर्किने ३६ जनाको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हो । भारतमा कोरोनाको नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेको हो ।


