धनगढी । बाजुराबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका– ५ की १७ वर्षीया गर्भवती जुनिता कुमारी थापाको मंगलबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लागेपछि कोल्टी आधारभूत अस्पताल पुगेकी थापालाई अस्पतालमै सुत्केरी गराउन सम्भव नभएपछि हेलिकप्टरबाट सुर्खेत रेफर गरिएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार थापाको पेटमा करिब ३४ हप्ताको गर्भ रहेको र अस्पतालको सिफारिसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो । बाजुरामा सुविधा सम्पन्न अस्पतालको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा जटिलता देखिएमा हेलिकप्टरमार्फत जिल्ला बाहिर उपचारका लागि पठाउने गरिएको छ ।