काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध चर्किएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले बिहीबार फक्स न्युजलाई भनेका थिए, ुआधारभूतरूपमा यो हाम्रो विषय होइन। अमेरिकाले दुबै पक्षलाई हट्न सल्लाहमात्र दिनसक्छ। यो अमेरिकाले लड्ने युद्ध होइन।
अभिव्यक्ति दिएको २४ घन्टा नबित्दै उपराष्ट्रपति भान्सले त्यही युद्ध रोक्ने मध्यस्थकर्ता बन्न पुगे। राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति भान्स र विदेशमन्त्री एवं राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका मार्को रुबियोलाई भारत पाकिस्तानबीच युद्धविराम गराउने जिम्मेवारीमा खटाए।
सन् १९९९ मा पनि तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले भारत(पाकिस्तानबीच चलेको द्वन्द्वलाई हस्तक्षेप गर्नुपरेको थियो। दुईबीचको युद्धले आणविक रूप लिनसक्ने डर अमेरिकालाई थियो।
अहिले पनि भारत र पाकिस्तानबीच चलेको हवाई भीडन्तले नै भान्स र रुबियोलाई सक्रिय गराउने मुख्य कारण बनेको थियो। पाकिस्तानले भारतको हवाई सुरक्षा परीक्षण गर्न ३००(४०० ड्रोन पठाएपछि अमेरिका झस्केको थियो। अमेरिकालाई त्यतिबेला बढी धक्का महसुस भयो, जब शुक्रबार भारतले पाकिस्तानको रावलपिण्डीस्थित नुर खान हवाई अड्डामा प्रहार गर्यो। यो अड्डा पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको ग्यारिसन सहरमा रहेको छ।
उक्त अड्डा पाकिस्तानको सैन्य यातायात केन्द्र हो, जहाँ वायुसेनाको रिफ्युलिङ पनि गरिन्छ। महत्त्वपूर्ण कुरा के भने, उक्त अड्डा पाकिस्तानको रणनीतिक योजना विभागको मुख्यालय नजिक छ। त्यही मुख्यालयमा आणविक हतियारहरू भण्डारण गरिएको छ। पाकिस्तानले त्यहाँ १७० भन्दा बढी आणविक हतियार भण्डारण गरेको बताइन्छ।
यो युद्ध चर्किनुको प्रमुख कारण थियो, पहलगाममा भएको आतंकवादी आक्रमण। गत २२ अप्रिलमा आतंकवादीले २६ जनाको क्रूर हत्या गरेका थिए। जसमा हिन्दू पर्यटकहरू परेका थिए।
पाकिस्तानको आणविक कार्यक्रमबारे जानकार एक पूर्व अमेरिकी अधिकारीका अनुसार पाकिस्तानलाई सबैभन्दा ठूलो डर नै आणविक कमान्ड संरचना नष्ट हुनु हो। नुर खानमा भएको आक्रमण भारतबाट आएको चेतावनीको रूपमा व्याख्या गर्न सकिने उनको भनाइ छ। अमेरिकासँग यस्तो कुनै गोप्य जानकारी थियो कि थिएन त्यो भने स्पष्ट छैन।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हालै नेशनल कमान्ड अथोरिटी ९एनसीए०को बैठक बोलाएका थिए। यही निकायले आणविक हतियार प्रयोगबारे निर्णय गर्छ। सन् २००० मा स्थापना गरिएको उक्त निकायको अध्यक्षता नाम मात्रको रूपमा प्रधानमन्त्रीले गर्छन्, तर वास्तवमा यसको नेतृत्व सेना प्रमुख जनरल सैयद आसिम मुनीरले गर्छन्।
तर पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफले उक्त बैठक कहिल्यै नबसेको दाबी गरे। युद्धविराम हुनुअघि उनले एक टेलिभिजनसँग भनेका थिए, ुआणविक विकल्पको अस्तित्व छ। तर, यसलाई निकै टाढाको सम्भावना मानेर व्यवहार गर्नुपर्छ। यसबारे छलफल पनि गर्नु हुँदैन।ु
अमेरिकाको पेन्टागनमा भने यस विषयमा गम्भीर छलफल भइरहेको थियो। शुक्रबार बिहानसम्म ह्वाइट हाउसको निष्कर्ष थियो, सार्वजनिक वक्तव्य र दुई देशका अधिकारीसँग टेलिफोन वार्ता मात्रै पर्याप्त छैन। साउदी अरब र संयुक्त अरब इमिरेट्सको हस्तक्षेप पनि प्रभावकारी छैन।
त्यसो त उपराष्ट्रपति भान्सले फक्सन्युजसँग पूर्वानुमान गरेका थिए, ुअमेरिका सधैं आणविक शक्तिहरूबीच ठूलो द्वन्द्व हुने खतरा देख्दा चिन्तित हुन्छ।ु तर, अन्तर्वार्तापछि अमेरिकी प्रशासनभित्र भारत(पाकिस्तान द्वन्द्व नियन्त्रण बाहिर जानसक्ने डर बढ्यो।
भारतले पनि सुरुमा आतंकवादी शिविरमा मात्रै आक्रमण गरेको बतायो। तर, पछि उसले पाकिस्तानी सैन्य अड्डामा पनि आक्रमण गर्न थाल्यो। त्यसपछि ट्रम्प प्रशासनले निष्कर्ष निकाल्यो, अमेरिकी सन्देशप्रति भारत र पाकिस्तान गम्भीर देखिएनन्। त्यसलगत्तै ट्रम्प प्रशासनले उपराष्ट्रपति भान्सलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गर्ने जिम्मेवारी सुम्प्यो। टेलिफोनमा भान्सले मोदीलाई भनेका थिए, ुहाम्रो अनुसन्धानले यो द्वन्द्व छिट्टै ठूलो युद्धमा परिणत हुने देखिएको छ।ु भान्सले मोदीलाई युद्ध समाप्त गर्न सुझाव दिएका थिए। तर, मोदीले सुनेमात्रै, कुनै प्रतिबद्धता जनाएनन्।
त्यहीबेला विदेशमन्त्री रुबियो पाकिस्तानसँग मध्यस्थता गर्दै थिए। उनले पाकिस्तानका सेना प्रमुख जनरल मुनीरसँग टेलिफोन वार्ता गरे। विगत २५ वर्षदेखि अमेरिकी राष्ट्रपतिको कार्यालयले पाकिस्तानी सेनासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै आएको छ। रुबियोले पाकिस्तानका विदेशमन्त्री इसहाक डार र भारतका परराष्ट्रमन्त्री एस। जयशंकरलाई पनि फोन गरे। त्यतिबेला रुबियोले भारतीय र पाकिस्तानी अधिकारीलाई आश्वस्त पार्न सके कि सकेनन् त्यो स्पष्ट छैन।
यस विषयमा अमेरिकी विदेश मन्त्रालयले कुनै पत्रकार सम्मेलनको आयोजना गरेनन्। संक्षिप्त वक्तव्य जारीमात्रै गर्यो। तर, शुक्रबार रातदेखि शनिबारसम्म निरन्तर भएको संवादले भारत र पाकिस्तानबीच युद्धविरामको जग हालिदिएको विश्वास गर्न सकिन्छ। पाकिस्तानका एक वरिष्ठ गुप्तचर अधिकारीले अमेरिकाले पछिल्लो ४८ घन्टादेखि युद्ध रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गरेको दाबी गरेका छन्। त्यसमा विदेशमन्त्री रुबियो भूमिका विशेष रहेको उनको भनाइ छ।
त्यसका बाबजुद शनिबार रातिसम्म भारत(पाकिस्तान सीमामा गोलाबारी भइरहेको खबरहरू आइरहेका थिए। पाकिस्तानका प्रधानमन्त्री सरिफले अमेरिकी राष्ट्रपति ट्रम्पको भूमिकालाई सराहना गरेका थिए। उनले क्षेत्रीय शान्तिका लागि ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाप्रति आभार प्रकट गरेका थिए।
भारतले भने अमेरिकी भूमिकाबारे केही पनि स्वीकार गरेन। अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम टिक्छ कि टिक्दैन भन्ने कुरामा अझै सन्देह छ। किनकि क्षतिको प्रतिशोध अहिले पनि दुवैसँग छ। पाकिस्तानले भारतका पाँच वटा विमान खसालेको दाबी गर्यो। तर, भारतले त्यसको पुष्टि गरेको छैन।
पाकिस्तानी गुप्तचर स्रोतका अनुसार भारतले पाकिस्तानलाई आक्रामक जवाफ दिन उक्साइरहेको थियो। भारत चाहन्थ्यो कि पाकिस्तानले आफ्नो एफ(१६ विमान प्रयोग गरोस्, ताकि भारतले तिनीहरूलाई खसाल्न सकून्। पाकिस्तानलाई अमेरिकाले एफ(१६ विमान सहयोगस्वरुप प्रदान गरेको थियो। किनभने पाकिस्तान अझै ुप्रमुख गैर(नाटो सहयोगीुको रूपमा सूचीबद्ध छ। जुन दर्जा राष्ट्रपति जर्ज डब्लु बुसले सेप्टेम्बर ११ पछि दिएका थिए।
वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले दुई पक्षलाई युद्धबाट फिर्ता ल्याउन अमेरिकी हस्तक्षेप आवश्यक रहेको बताए। ुअन्तिम कदम अमेरिकी राष्ट्रपतिबाट आएको हो,ु ती अधिकारीले स्वीकारे।
( न्युयोर्क टाइम्सका लागि डेभिड ई। स्याङ्गर, जुलियन ई। बार्न्स र म्यागी हेबरम्यानको रिपोर्टको अनुवाद।काठमाडौं