कैलाली। कैलालीमा मङ्गलबारदेखि शीतलहर र बाक्लो हुस्सु लागेका कारण चिसो बढेको छ। कैलालीमा बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ भने हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन। घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ। चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
चिसोबाट जोगिनका लागि अधिकाँस मानिसहरु घर भन्दा बाहिर निस्कीन सकेका छैनन्। बिशेष कामका लागी निस्केकाहरु सडक छेउछाउ, घरलगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन्। धनगढी उपमहानगरपालिका–८ की कलावती भट्टले चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको बताईन्।चिसोले साना बालबच्चासहित विद्यार्थीलाई विद्यालय पठाउन समस्या छ, न्यानो कपडा नहुने बच्चाहरुलाई धेरै समस्या भैरहेको उनले बताईन् ।
चिसोले बालबच्चालाईमात्रै हैन, मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे, ज्येष्ठ नागरिक पनि प्रभावित बनेका छन्। बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने भएकाले घरभित्रै न्यानो भएर बस्न सुझाब दिइएको छ। जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र मजदुर किसान वर्ग समस्यामा परेका छन्।यता धनगढी उपमहानगरपालीकाले बिगतका बर्षमा बिभिन्न चोक चोकमा आगोबाल्ने ब्यवस्था गरेको थियो। तर अहिले सम्म कुनै ब्यवस्था नभएको स्थानियहरुले बताउका छन् ।
यस्तै चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।सेती अस्पतालमा कार्यरत डाक्टर शेर बहादुर कमरले चियोबाट बढीजसो बालवालीका र जेष्ठ नागरिकमा स्वासप्रश्वास सम्बन्धि समस्या देखीने गरेको बताए । चिसोबाट बच्न घरभन्दा बाहिर अनावश्यक ननिस्कीन,न्यानो लुगा लगाउन र तातो झोलीलो खानेकुरा खान सुझाब दिएका छन् । उनले यो समयमा चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने भएकाले सजगता अपानाउन सुझाब दिएका छन् । यस्तैधनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गरे । त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिइ चिसो लाग्नबाट जोगाउन आवश्यक रहेको बताए।