कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध बिक्रेतासँगै प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ। कञ्चनपुरमा लागुऔषध बिक्रेतासँगै प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गएको प्रहरीको तथ्यांक छ। कञ्चनपुर प्रहरीको विवरण अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ५५ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा यो संख्या आर्थिक वर्ष २०७७/०७८ मा बढेर एक सय ४१ पुगेको हो।
जिल्लामा यस्तै आर्थिक वर्ष २०७८/७९ आएर यो संख्या झनै बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा कञ्चनपुरमा १ सय ५२ लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। लागुऔषध बिक्रेतासँगै प्रयोगकर्ताको जिल्लामा संख्या ह्वात्तै बढेको छ। यो संख्या वर्षेनि बढ्दै गएको प्रहरीको तथ्यांक छ। कञ्चनपुरमा अहिले १ सय ४६ जना लागुऔषधकै कारण कारागारमा कैद भुक्तान गरिरहेका छन्। जिल्ला प्रहरी र इलाका प्रहरीको हिरासतमा मात्र अहिले ६५ जना छन्। आर्थिक वर्ष २०७८/७९ आएर यो संख्या झनै बढेको छ।
आइतबार कञ्चनपुरको बेलौरीमा आयोजित लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरील लागुऔषध नियन्त्रणभन्दा बाहिर गएको बताएका छन्। उनले भने, ‘जिल्लाभित्र प्रहरीको एक्लो प्रयासबाट मात्र लागुऔषध नियन्त्रण र नियमन गर्न चुनौति देखिएकाले यस कार्यमा जिल्लावासीको आवश्यक सहयोग चाहिन्छ’। आइतबार कञ्चनपुरको बेलौरीमा आयोजित लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणभन्दा बाहिर गएको बताएका छन्। ‘जिल्लाभित्र प्रहरीको एक्लो प्रयासबाट मात्र लागुऔषध नियन्त्रण र नियमन गर्न चुनौति देखिएकाले यस कार्यमा जिल्लावासीको आवश्यक सहयोग चाहिन्छ’ उनले भने।

