दार्चुला। दार्चुलामा प्रहरी चौकीमा न्यायकालागि उजुरी दिने व्यक्ति नै प्रहरीद्वारा कुटिएका छन्। दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिन पुगेका बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्की प्रहरीद्वारा कुटिएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्कीलाई दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहले निर्घात कुटपिट गरेका हुन् ।
कार्कीले आफ्नी पत्नीलाई र सोही ठाउँ बस्ने एक जना व्यक्तिसँग एकान्तमा भेटेपछि उनीहरुका विरुद्ध प्रहरीमा असार २८ गते गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिएका थिए। तर प्रहरीले कार्कीकी पत्नी र उनीसँग भेटिएका व्यक्तिलाई सोही साँझ छोडेपनि कार्कीलाई भने रातभरी थुनुवा कक्षमा राखी निर्घात कुटपिट गरेको कार्कीका दाई भीम सिंह कार्कीले बताए। उनका शरीरका विभिन्न भागमा निल डाम छन्। कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन्। उजुरी दिने व्यक्तिमाथि नै प्रहरीले कुटपिट गरेपछि सयौको संख्यामा गएका स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरेका थिए।

