धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट थप १७ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १ सय ६९ जनाको नमुना परिक्षण गरिएकोमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। सो नमुना परिक्षण गर्दा १ सय ५२ जनाको रिपोर्ट नेगटिभ आएको छ। हाल अस्पतालमा २३ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। यस्तै पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित बिरामी निको भई घर फकिएकोमा थप ४ जना बिरामी अस्पतालमा भर्ना भएको सुचना अधिकारी श्रेठले जानकारी दिए। यस्तै अस्पतालको आइसियुमा ६ जनाको उपचार भैरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमित बिरामीको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
शनिबार सेती प्रयोगशालामा १६९ जनाको नमुना परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार सेती प्रयोगशालामा १६९ जनाको नमुना परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

