धनगढी। धनगढी लेडी जेसिजद्धारा स्व.बिमा श्रेष्ठको ४५ दिनको पुण्यतिथीमा दृष्टि फाउन्डेसनमा खिर खुवाउने कार्यक्रमको आयोजना गरिएको छ। धनगढी लेडी जेसिजद्धारा आज दृस्टि फाउन्डेसनमै पुगेर स्व.बिमा श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथीमा फाउन्डेसन परिवारलाई खिर खुवाइएको धनगढी लेडी जेसिज अध्यक्ष जेसि निर्मला श्रेष्ठले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि तथा दृस्टि फाउन्डेसन नेपाल धनगढीका अध्यक्ष कल्पना भट्टले पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गरेकी हुन् । यस्तै, स्व.बिमा श्रेष्ठको ४५ दिनको पुण्यतिथीमा दृष्टि फाउन्डेसनमा खिर खुवाइएकोमा फाउन्डेसनका अध्यक्ष भट्टले धन्यवाद ब्यक्त गरिन् । फाउन्डेसनका अध्यक्ष भट्टले मन्त्ब्य ब्यक्त गर्दै स्व. श्रेष्ठको आत्माको चिर शान्तीको कामना समेत ब्यक्त गर्दै बेसाहारा र मानसिक समस्या भएका महिला दिदीबहीनीहरुलाई एकछाक भएपनी मिठो मसिनो खुवाएर सहयोग गरेकोमा धनगढी लेडी जेसिज परिवारलाई हार्दिक धन्यवाद दिएकी छिन्।
कार्यक्रममा नेपाली कांग्रेस कैलालीका सचीव धर्म राज ओझाले मन्त्ब्य राखेका थिए । स्वागत मन्तव्य जेसि सरस्वती खड्काले गरेकी थिइन् । भने कार्यक्रम सञ्चालन धनगढी लेडी जेसिज सह-सचीव जेसि निर्मला भट्टले गरेकी हुन्। यस्तै, धनगढी लेडी जेसिजद्धारा स्व.बिमा श्रेष्ठको ४५ दिनको पुण्यतिथीमा दृष्टि फाउन्डेसनमा खिर खुवाउने आयोजना गरिएको कार्यक्रममा उपस्थिति बोर्डका पदाधिकारीहरु,सदस्यहरु फाउन्डेसनका परिवारहरुको सहभागिता रहेको थियो। धन्यवाद मन्तव्य गर्दै कार्यक्रम समापन सभा अध्यक्ष तथा धनगढी लेडि जेसिज बर्ष २०२१ कि अध्यक्ष जेसि निर्मला श्रेष्ठले बिभिन्न मानविय र परोपकारी सेवामा संस्थाले महत्वपुर्ण सहयोग र सहकार्य गर्दै आएको जानकारी दिइन् । साथै कार्यक्रममा बोल्दै धनगढी लेडि जेसिज बर्ष २०२१ कि अध्यक्ष श्रेष्ठलेआफुबाट हुन सक्ने सहयोग गर्ने समेत प्रतिबद्धता जनाइन्।




धनगढी लेडी जेसिजद्धारा स्व.बिमा श्रेष्ठको ४५ दिनको पुण्यतिथीमा दृष्टि फाउन्डेसनमा खिर खुवाइयो
धनगढी लेडी जेसिजद्धारा स्व.बिमा श्रेष्ठको ४५ दिनको पुण्यतिथीमा दृष्टि फाउन्डेसनमा खिर खुवाइयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

